मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टिएन नायनन
२०७७ चैत ३१ मंगलबार १०:०१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आन्दोलनको इतिहास फर्काएर हेर्नुस् त

Read Time : > 2 मिनेट
टिएन नायनन
२०७७ चैत ३१ मंगलबार १०:०१:००

सबै अन्तर्राष्ट्रिय परिदृश्यका बीच आन्दोलन सुरु गर्नु जति सहज छ, त्यसको भावी दिशा तय गर्नु त्यति नै असहज हुँदै गइरहेको छ

जुन आन्दोलन समाचारपत्रको पहिलो पानाबाट हराउँछ, त्यो आन्दोनल विलुप्त हुने सम्भावना बढेर जान्छ । उदाहरणका लागि दिल्लीवरपर धर्नामा बसेका किसानहरूको घट्दै गरेको संख्यालाई हेरे पुग्छ । यसैगरी, जम्मु–कास्मिरमा गत २० महिनादेखि जारी प्रतिबन्धबाट पनि यसैको संकेत पाउन सकिन्छ । तर पनि जति वेलासम्म प्रतिबन्ध लागू हुन्छ, त्यस दिनसम्म केही भन्नु जोखिमपूर्ण नै हुनेछ । त्यहाँका नागरिकले नयाँ कानुनलाई नियति मान्न सक्छन् । यसका साथै सन् २०११ को भ्रष्टाचारविरोधी आन्दोलन, जसले लोकपाल विधेयकको विषय उठाएको थियो, त्यही लोकपालको नाम तपाईंले अन्तिमपटक कहिले सुन्नुभएको थियो ?

इतिहासले आन्दोलनहरूको अप्रत्याशित अन्त्य भइरहेको दर्साउँदै छ । कास्मिरका नवअलगाववादीहरूले के आशा गरेका थिए भने सोभियत संघको विघटनले कैयौँ सरकारलाई जसरी अनिश्चयको भुमरीमा पुर्‍याइदिएको छ, त्यसले उनीहरूको विजय निश्चित छ । तर, उनीहरूले त्यतिवेला के आशा गरेका थिएनन् होला भने त्यसको तीन दशकपछि पनि उनीहरूका समर्थक सबैभन्दा नराम्रो सपनाबाट गुज्रिनुपर्नेछ । झनै अहिले त उनीहरूलाई जुन स्वायत्तता दिइएको थियो, त्यो पनि खोसिएको छ ।

सरकारहरूको नाटकीय पतनपछि पनि राज्यसत्ताले आफ्नो शक्ति चरम रूपमा प्रयोग गरिरहेको वर्तमानको वास्तविकता हो । म्यानमार, बेलारुस, हङकङ, फ्रान्स र रुससम्मका मुलुकहरूमा लामो समयसम्म सडकमा भएका प्रदर्शन अहिले विफलप्रायः देखिएका छन् ।

सरकारहरूको नाटकीय पतनपछि पनि राज्यसत्ताले आफ्नो शक्ति चरम रूपमा प्रयोग गरिरहेको वर्तमानको वास्तविकता हो । म्यानमार, बेलारुस, हङकङ, फ्रान्स र रुससम्मका मुलुकहरूमा लामो समयसम्म सडकमा भएका प्रदर्शन अहिले विफलप्रायः देखिएका छन् । यसको तुलना सन् २००० देखि २०१२ सम्मको समयमा युगोस्लाभिया, युक्रेन, जर्जिया र त्यसपछि किर्गिस्तानमा भएको ‘कलर रिभोलुसन’ तथा अरब क्षेत्रमा भएको ‘अरब स्प्रिङ’का नाममा ट्युनिसिया, मिश्र, लिबिया र यमनमा लामो समयदेखि सत्तासीन नेताहरूलाई सत्ताच्युत गरिएको आन्दोलनसँग गर्नुस् । ‘कलर रिभोलुसन’ अहिंस्रक आन्दोलन थियो । निर्वाचनमा धाँधली गर्ने अलोकप्रिय शासकलाई शासनसत्ताबाट उखेलेर फाल्न यो अन्दोलन सफल थियो । तर, हिजोआज म्यानमारमा जे भइरहेको छ, त्यो यसको विल्कुलै विपरीत दृश्य हो । म्यानमारमा सेनाले हस्तक्षेप गर्‍यो, किनभने उसलाई निर्वाचनको परिणाम स्वीकार्य थिएन । त्यहाँ आन्दोलन गर्नेहरू गोली खान तयार छन् । त्यस्तै, बेलारुसमा झन्डै ३० हजार मानिसले गिरफ्तारी दिएका छन्, तर पनि यसको कुनै प्रभाव देख्न सकिएको छैन । अलेक्जेन्डर लुकासेन्कोजस्ता शासक बर्बरताको बलमा सत्तामा टिकिरहेकै छन्, जबकि १५ वर्ष पहिले उनका पूर्ववर्तीले सत्ता छाडेर भागेका थिए । 

जुन प्रतिबन्ध कुनै वेला युगोस्लाभियामा प्रभावकारी साबित भएका थिए, ती इरान र रुसमा अप्रभावकारी देखिएका छन् । म्यानमारमा निष्कासित र वर्तमान दुवै शासनले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्नुपर्‍यो– पहिले रोहिंग्या मुसलमानमाथिको दमनका कारण, तर त्यसले कुनै प्रभाव पार्न सकेन । बरु त्यसका विपरीत प्रतिबन्ध लगाउने मुलुकले नै आफ्नो अर्थतन्त्रमा नोक्सानी बेहोर्नुपर्‍यो । परिदृश्यमा देखिएको परिवर्तन सायद सत्ता सन्तुलनमा देखिएको परिवर्तनका कारण आएको हुनुपर्छ । केही समयका लागि जतिवेला संसार ध्रुवीकृत भएको थियो, त्यतिवेला अमेरिकी दबाबका कारण मध्ययुरोपमा सत्ता परिवर्तन भएको थियो । रुस त्यतिवेला बर्लिनको पर्खाल ढलेको क्षोभबाट बिउँझिँदै थियो र नजिक–परको घटनाहरूलाई नियन्त्रण गर्न सकिरहेको थिएन । यतिवेला त्यस्तो अवस्था छैन । अमेरिकी दबाबमा हुने गरेका सत्ता परिवर्तनलाई इतिहासको पानामै कैद गर्न चाहन्छन्, रुस–चीन ।

रुसले अलेक्सी नवेलनीलाई जेलमा कैद गरिदिएको छ र सिरियामा अमेरिकालाई असान्दर्भिक करार गरिदिएको छ । टर्कीका शासक एर्दोगान पश्चिमी जगत्लाई असन्तुष्ट बनाइरहेका छन्, तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनीप्रति अवसरवादी साहानुभूति राख्छन् । यसका साथै उनी बेलारुसमा लुकासेन्कोलाई समर्थन गर्नुका साथै म्यानमारमा पनि हस्तक्षेप गरिरहेका छन् । पुटिनले किर्गिस्तानमा पनि सत्ता परिवर्तन गराइदिएका छन् र लिबियाको सत्ता परिवर्तनमा पनि उसको हात रहेको छ । यी सबै अन्तर्राष्ट्रिय परिदृश्यका बीच आन्दोलन सुरु गर्नु जति सहज छ, त्यसको भावी दिशा तय गर्नु त्यति नै असहज हुँदै गइरहेको छ । यसै कारण दमनकारी शासकलाई जनताले जहाँ–जहाँ सत्ताच्युत गरे, त्यहाँ–त्यहाँका शासक त फेरिए, तर उनीहरूको जीवन फेरिएन । 

(नायनन बिजनेस स्ट्यान्डर्ड प्रालिका अध्यक्ष हुन्)
द प्रिन्टबाट