मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ चैत ३१ मंगलबार ०७:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोलखाको बिगुमा जिप दुर्घटना हुँदा चारकाे मृत्यु, १७ घाइते

Read Time : < 1 मिनेट
२०७७ चैत ३१ मंगलबार ०७:२४:००

दोलखाको बिगु गाउँपालिकास्थित लादुकमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । तातोपानी कुण्डको दर्शन गरेर फर्किएको बागमती प्रदेश-०३-२३च ७५८० नम्बरको योद्धा कम्पनीको जिप गएराति करिब १० बजे बिगु गाउँपालिका–र ४ स्थित चारगोलाईमा दुर्घटना भएको हो । 

प्रहरीका अनुसार मृत्यु हुनेमा बिगु गाउँपालिका– ३ का २४ वर्षीया चण्डिका थापा, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र ३५ वर्षीय विनोद केसी रहेका छन् ।  तीनजनाको घटनास्थलमा र एकजनाको उपचारको क्रममा सिँगटीस्थित रोल्वालिङ अस्पतालमा मृत्यु भएको दोलखाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजालले जानकारी दिए । 

प्रहरीका अनुसार उक्त गाडीमा २२ जना यात्रु सवार थिए । जसमध्ये चारजनाको मृत्यु भएको छ । १७ जना घाइते छन् । एकजना बालकको अवस्था सामान्य रहेकाले घर पठाइएको छ । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । अन्यको अवस्था मध्यम रहेको दोलखाका प्रहरी प्रमुख रिजालको भनाइ छ । 

दुर्घटना भएलगत्तै दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्री तिवारी र दोलखाका प्रहरी प्रमुख भेषराज रिजाल घटनास्थलमा खटिएका थिए । स्थानीय  जनप्रतिनिधि र स्थानीयको सहयोगमा प्रहरीले घाइतेहरूलाई तत्काल उद्धार गर्न सफल भएको थियो ।

१० जना घाइतेलाई काठमाडौं रिफर गरिएको र अन्यको सदरमुकाम चरिकोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिँगटीबाट घर फर्किनेहरू चढ्दा यात्रुको संख्या बढेको बताइएको छ । मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र राखिएको छ । जिप सडकबाट झन्डै दुई सय मिटर तल खसेको छ ।