मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सर्वोच्चको न्यायाधीशमा सिफारिस नहकुल सुवेदी
शिल्पा कर्ण काठमाडाैं
२०७७ चैत ३१ मंगलबार ०६:००:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सर्वोच्चको न्यायाधीश हुन सुवेदीको योग्यता पुगेको भन्दै रिट खारेज

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
२०७७ चैत ३१ मंगलबार ०६:००:००

सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीविरुद्धको रिट खारेज भएको छ । सुवेदीको योग्यता पुगेको निष्कर्षसहित रिट खारेजीको निर्णय आएको हो ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले १३ चैतमा दायर गरेको रिट न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले खारेज गरेको हो । रिट दर्ता भएको पहिलो सुनुवाइ १९ चैतमा भएपछि नै निर्णय सुनाउने मिति तय भएको थियो । ‘संविधानको धारा १२९ को उपधारा (५) बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति हुने योग्यता पुगेको नै देखिँदा संविधानको उक्त धाराबमोजिम निजको योग्यता नपुगेको हुँदा निजको नियुक्ति उत्प्रेषणको आदेशले बदर गरिपाऊँ भन्ने निवेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ,’ सर्वोच्चको संक्षिप्त आदेशमा छ । 

संविधानको धारा १२९(५)मा भनिएको छ, ‘कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविद्का रूपमा ख्यातिप्राप्त गरेको वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिनेछ ।’

यसै धारालाई व्याख्या गर्दै सर्वोच्चले सुवेदीको योग्यता पुगेको ठहर गरेको हो । उनले न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी (सहसचिवस्तर)मा ७ साउन ०६४ देखि काम गर्दै आएका थिए । उनले त्यससहित मुख्य रजिस्ट्रारमा गरी १० वर्ष चार महिना १८ दिन काम गरेका थिए ।

यसैगरी, २५ पुस ०७४ मा मुख्य न्यायाधीश भई २७ फागुन ०७७ सम्म कार्यरत थिए । उच्च अदालतको मुख्य न्यायाधीशका रूपमा तीन वर्ष दुई महिना २७ दिन काम गरेको अवधिलाई पनि कर्मचारीका रूपमा काम गरेको भनी जोडेर सर्वोच्चको न्यायाधीश पदका लागि योग्य हुने केसीको इजलासले ठहर गरेको छ । 

निवेदक भण्डारीलगायतले नेपाल सरकारको कर्मचारीजसरी काम गर्नु र न्यायाधीशका रूपमा स्वतन्त्र भई काम गरेको अवधिसमेत एकसाथ गणना गर्न नमिल्ने आधारसहित निवेदन दर्ता गराएका थिए ।