१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ३१ मंगलबार ०६:१९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

२४ घन्टामा १३ को मृत्यु, चार सय ९६ संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ३१ मंगलबार ०६:१९:००

कोरोना संक्रमणबाट सोमबार एकै दिन १३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा चार सय ९६ जनामा संक्रमण देखिएको छ । सोमबारसम्म संक्रमणबाट तीन हजार ५३ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, कुल संक्रमितको संख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ ।

त्यसमध्ये दुई लाख ७४ हजार एक सय ६५ जना निको भइसकेका छन् । अहिले तीन हजार तीन सय ६ जना आइसोलेसनमा र ८५ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घन्टामा आरटी पिसिआर परीक्षणबाहेक आठ नाकामा सात सय २७ जनाको एन्टिजेन परीक्षण पनि गरिएको थियो । त्यसमध्ये ६३ जनामा संक्रमण देखिएको छ ।