१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ३० सोमबार ०८:४७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दराजले नयाँ वर्षमा विशेष छुट दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ३० सोमबार ०८:४७:००

नेपालको अनलाइन बजार र अलिबाबा समूहअन्तर्गतको दराजले नयाँ वर्षको अवसर पारेर विभिन्न छुटको योजना ल्याएको छ । कम्पनीले चैत २० देखि वैशाख ७ सम्मका लागि छुट योजना ल्याएको हो ।  नयाँ वर्षको भव्य सेल भनेर चिनाइएको यस अभियानमा विभिन्न उत्पादनहरूमा मूल्य कटौती गरिएको कम्पनीले जनाएको छ ।

जसमा ४६ हजार ७ सय २० रुपैयाँको वल्पुल डबल डोर फ्रिज ३९ हजार रुपैयाँमा, ६८ हजार ६ सय रुपैयाँको पानासोनिक फ्रन्ट लोड वासिङ मेसिन ५८ हजार रुपैयाँमा, डेल वोस्ट्रो आई–थ्री ल्यापटप ५५ हजार रुपैयाँँमा र वन प्लस नोर्ड१०० ३३ हजार ९ सय रुपैयाँमा पाउने कम्पनीले जानकारी दिएको छ । 

योजनामा घरका सामानहरू, ग्याजेटहरू, फेसन, किराना सामानहरूलगायतमा पनि यस्तै छुट रहेको जनाइएको छ । यसका साथै पूर्व–भुक्तानी छुट, भौचर र सीमित उत्पादनहरूमा निःशुल्क सिपिङमार्फत अधिक बचतका लागि सम्भावनाहरू रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका विशेष छुट
कम्पनीको विशेष छुटमा नबिल बैंकको डेबिट कार्डमा १५ प्रतिशत वा १ हजार रुपैयाँ छुट तथा क्रेडिट कार्डमा २० प्रतिशत वा १ हजार ५ सय रुपैयाँसम्म छुट सुविधा रहेको जनाइएको छ । त्यस्तै, सानिमा, एनएमबि, मेगा, कुमारी, माछापुच्छ्रे, सन्राइज, एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन बैंकका ग्राहकले पनि उक्त छुट पाउने कम्पनीले जनाएको छ ।

यसबाहेक भिसा कार्ड धारकले दराजमा आफ्नो पहिलो खरिदमा पूर्व–भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउने जनाइएको छ । यसका साथै एनआइसी बैंक, सन्राइज बैंक लिमिटेड, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्तामा (इएमआई) लिन सक्ने कम्पनीले जनाएको छ । 

यस अभियानमा ‘खेल एक रुपैयाँको’ (वनरुपी गेम) जस्ता खेलहरू पनि प्रस्तुत गरिएको छ, जसमा दराज प्रयोगकर्ताले वन प्लस एन १००, डिजिकम ब्लुटुथ मल्टिमेडिया स्पिकर, एक्स–एज ट्याब ४० जस्ता पुरस्कार १ रुपैयाँमै जित्न सक्ने कम्पनीले जनाएको छ ।

यसमा भाग लिनका लागि उनीहरूले खेलमा चित्रित उत्पादन आफ्नो कोर्टमा राख्नुपर्ने र बैंक कार्डमार्फत १ रुपैयाँ तिरी चेक आउट गर्नुपर्ने कम्पनीले जनाएको छ । दराजले विजेताहरूको घोषणा गरेपछि सबै सहभागीहरूलाई १ रुपैयाँ फिर्ता गर्ने जनाइएको छ । नववर्षको सेल नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो सेल अभियान रहेको कम्पनीको दाबी छ ।