मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ४ शनिबार ०७:२४:००
Read Time : < 1 मिनेट
साहित्य

बजारमा  टाँकीका फूलहरू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ४ शनिबार ०७:२४:००

हङकङलाई कर्मथलो बनाइरहेका दाजु गुरुङको कथासंग्रह टाँकीका फूलहरू बजारमा आएको छ । संग्रहमा हङकङ पुगेका नेपालीलाई पात्र बनाइएको छ ।

संग्रहमा १६ कथा छन् । मेरो छिमेकी र रोक्सी, हराएको मान्छे, मोनिका, बिर्सिएका साँझ, मिलेनियम, ब्याज, मुन्ना चौधरी, सतासी मामा, सुनाखरी ओइलाएपछि, चोइ–साम, मङ्की हिल, मौइसीलगायत कथा छन् ।

एक दशक संखुवासभाको वरुण बहुमुखी क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका कथाकार गुरुङ आफ्ना अनुभवलाई सरल तरिकाले कथाका रूपमा प्रस्तुत गरेको बताउँछन् । हङकङ आइडीका कारण परिवारमा आउने समस्यालाई पनि उनले कथामा उनेका छन् । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य २ सय ५० रुपैयाँ छ ।