१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सोझो गाउँले
२०७५ फाल्गुण ४ शनिबार ०७:३८:००
Read Time : < 1 मिनेट
साहित्य

इन्द्रेनीको देश

Read Time : < 1 मिनेट
सोझो गाउँले
२०७५ फाल्गुण ४ शनिबार ०७:३८:००

हराउँदैन कहिल्यै यहाँबाट
हतार नगर्नोस् ढुक्कसँग हेर्नोस्
पृथ्वीको अठ्ठाइस डिग्री अक्षांश
र चौरासी डिग्री देशान्तरमाथि
पुर्खाको पदचापजस्तो देखिने
सदाबहार इन्दे्रनी हो यो
मिलाउँदै जानोस् हृदयको लेन्स
तपाईंको आँखाको रेटिनामा
बन्दै जानेछ एउटा बहुरंगी बिम्ब

आँखाको रेटिनाबाट–
मस्तिष्कको मध्यबिन्दुमा आइपुग्दा
तथ्यांक विभागको तालिकाजस्तो लाग्न सक्छ
नियाल्दै जानोस् तालिकाका कोठाहरू
प्रत्येक कोठामा–
फरक–फरक बान्कीका अनुहार फेला पर्नेछन्
मस्तिष्कको मध्यबिन्दुबाट–
मनको मझेरी आइपुग्दा
रङहरूको राजधानीजस्तो लाग्न सक्छ
चहार्दै जानोस् राजधानीका चोकहरू
प्रत्येक चोकमा–
फरक–फरक शैलीका सालिक भेटिनेछन्
महायज्ञको मण्डपजस्तो
रंगिविरंगी बिम्ब जो बनेको छ
ठ्याक्कै देशको नक्साजस्तो देखिन्छ
राता, निला, पहेंला, हरिया...
थरिथरीका धर्साहरू जेडिएर
निर्माण भएको नक्साभरि
पैmलिएको छ इन्दे्रनी सभ्यता 
इन्दे्रनी राष्ट्रियता उचालेर 
विश्व मानचित्रमा उभिएको छ देश

डाँफेको प्वाँखजस्तो 
रंगीचंगी झन्डा फरफराइरहने
इन्द्रेनीको देश  हो यो
वा इन्द्रेनी हो यो देश
धित मरुन्जेल हेर्नोस् !
रङहरूकी रानीको रूप

हेर्दाहेर्दै इन्द्रेनीको दर्पण छाया 
यत्ति कुरा हेक्का राख्नुहोला–

गाढा भयो भने एउटा मात्र रङ
भद्दा भइदिन्छ इन्द्रेनी
फिका भयो भने मात्र एउटा रङ
मधुरो देखिन्छ इन्द्रेनी
खुइलिएर गयो भने कुनै एउटा रङ
मधुरो देखिन्छ इन्द्रेनी ।।