मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २९ आइतबार १५:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यालय बन्द गर्ने सरकारको प्रस्तावमा प्याब्सनको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २९ आइतबार १५:३०:००

कोभिड– १९ को दोस्रो लहर फैलन नदिन भन्दै शैक्षिक संस्था बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको प्रस्तावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)ले विरोध जनाएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आइतबार प्रेस विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन् ।

सावधानी अपनाएर विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन प्याब्सनको माग छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिसिएमसी बैठकमा शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव लगेको छ । तर, सिसिएमसीले भने निर्णय गरिसकेको छैन ।