मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत २९ आइतबार ११:२८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रदेश २ मा माओवादीले दलको नयाँ नेता छान्यो

Read Time : < 1 मिनेट
२०७७ चैत २९ आइतबार ११:२८:००

नेकपा माओवादी केन्द्रले प्रदेश २ मा संसदीय दलको नेतामा भरतप्रसाद साहलाई चयन गरेको छ । तत्कालीन माओवादीबाट दलको नेता रहेका रामचन्द्र मण्डल नेकपा एमालेमा प्रवेश गरेपछि उनको स्थानमा साह चयन भएका हुन् । 

सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी विघटित भई एमाले र माओवादी पुनः अस्तित्वमा आएपछि मण्डल एमालेतिर लागेका थिए । दलको बैठकले मण्डललाई हटाई शनिबार साहलाई चयन गरेको नेकपाले जनाएको छ ।

साह महोत्तरीबाट प्रदेश सभामा निर्वाचित सांसद हुन् । बैठकले सिराहाबाट निर्वाचित जगतप्रसाद यादवलाई उपनेता चयन गरेको छ । प्रमुख सचेतकमा सिराहाका दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका छन् ।

बैठकले प्रतिनिधिसभा विघटनपश्चात् प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका रामचन्द्र मण्डल, ज्वाला साह, मो. समिर, कुन्दन साहलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् ।