Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ चैत २८ शनिबार १२:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्री शाहीद्वारा कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ चैत २८ शनिबार १२:४२:००

कर्णाली प्रदेशमा एमालेका तीनजना मन्त्रीले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीकृत गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले दिएको राजीनामा मुख्यमन्त्री शाहीले स्वीकृत गरेका हुन् । 

मुख्यमन्त्रीसमक्ष आफ्नो पदबाट दिएको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेको मुख्यमन्त्री प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले बताए । 

राजीनामा स्वीकृतपछि रिक्त रहेको आर्थिक मामिला तथा योजनामन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई,सामाजिक विकासमन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीलाई तोकिएको प्रेस सल्लाहकार बुढाथोकीले जानकारी दिए ।