१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत २८ शनिबार १०:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापाको सतीघट्टामा सशस्त्र प्रहरीको बिओपी

Read Time : < 1 मिनेट
२०७७ चैत २८ शनिबार १०:३४:००

सशस्त्र प्रहरी बल नेपालले मेचीनगर–७ स्थित सतीघट्टामा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । खुला सीमामा हुने अपराध नियन्त्रण र सीमास्तम्भको सुरक्षा गर्ने उद्देश्यले शुक्रबार दुईतले भवनसहितको अस्थायी बिओपीको स्थापना गरिएको हो । 

सतीघट्टामा रहेको ढल तथा फोहाेर व्यवस्थापनाको कार्यालयको स्वामित्वमा रहेको भवनमा स्थापना गरिएको बिओपीको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गरे ।  प्रजिअ तिम्सिनाले बिओपी थपिएपछि नेपाल–भारत सीमाका पिलर हराउने, नेपाली भूमि मिचिने र अपराधिक घटना कम हुने अपेक्षा गरेको बताए ।  झापामा भारतसँगको सीमा क्षेत्रमा बिओपी स्थापनाको संख्या योसँगै १८ पुगेको छ । 

अवैध सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले एक हप्ताभित्रमा रु सात लाखभन्दा बढीको सामान बरामद गरेको छ । सीमामा स्थापना गरिएका विभिन्न बिओपीमा खटिएका सुरक्षाकर्मीले भन्सार छली भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका रु सात लाख १४ हजार ४९० बराबरका सामान बरामद गरेको जनाएको छ ।

पक्राउ गरिएका सामानमा मोटरसाइकलसहित लत्ताकपडा, मोबाइलका पार्टस्, हार्डवेयरका सामान र काठ बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए । रासस