Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत २८ शनिबार ०६:३६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुलेखानी–फर्पिङ सडक एक महिना बन्द

Read Time : < 1 मिनेट
२०७७ चैत २८ शनिबार ०६:३६:००

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मत–सम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ । चैत २८ देखि वैशाख २८ गतेसम्मका लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौं जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि सबै प्रकारका यातायात सेवा बन्द गरेको निर्देशनालयका प्रमुख निर्देशक डा. सहदेव भण्डारीले बताए । दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा भने यातायात सञ्चालनमा रोक नलगाएको उनको भनाइ छ । 

निर्देशक भण्डारीका अनुसार सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको संयुक्त बैठकले हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको हो । दक्षिणकालीदेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्रे निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको निर्देशनालयले जनाएको छ ।