मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २८ शनिबार ०८:१८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चेम्बर अध्यक्षमा राजेन्द्र मल्ल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २८ शनिबार ०८:१८:००

चेम्बर आन्दोलनको सबैभन्दा पुरानो संस्था नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । चेम्बरको विधानअनुसार निर्वाचित सदस्यहरूबाट अध्यक्षसहित पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षमा वाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, वस्तुगत संघबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् । 

चेम्बरको विधानमा कार्यसमिति ५५ सदस्यीय हुने व्यवस्था छ । नयाँ कार्यसमितिमा वाणिज्यतर्फ १५ जना चुनिएका छन्, जसमा कमलेशकुमार अग्रवाल, दीपककुमार मलहोत्रा, मनोजकुमार केडिया, नीलकण्ठ चौलागाईं, सन्तोषकुमार पाण्डे, नवराज ढकाल, राष्ट्रभूषण चाकुबजी, राजु श्रेष्ठ, दीपककाजी तुलाधर, सुरेन्द्रकुमार सारडा, नीरज राई, राम श्रेष्ठ, टीकाराम शर्मा ढुंगेल, अशोककुमार अग्रवाल र कैलाशचन्द्र गोयल रहेका छन् ।

यसैगरी, उद्योगतर्फ चुनिएका ९ जना सदस्यहरूमा राजेन्द्र मल्ल, राजेन्द्रप्रसाद अर्याल, किशोरकुमार अग्रवाल, सुमितकुमार अग्रवाल, सुवासचन्द्र संघाई, नरेन्द्रवल्लभ पन्त, सुधीर मित्तल, उर्मिला श्रेष्ठ र दीपेशरत्न तुलाधर चयन भएका छन् । जिल्लातर्फ १५ जना चुनिएका छन्, जसमा ओमकृष्ण विमली, विजय साह, पंकज जलान, दीर्घमान श्रेष्ठ, महादेव पोखरेल, भाइचन्द्र श्रेष्ठ, दीपक श्रेष्ठ, भीमलाल पौड्याल, सतिशकुमार अग्रवाल, रोशन भोयद्यो, नन्दकुमारी लम्साल (निर्मला), सुगन्धकुमार गुप्ता, सुशील पाण्डेय, तुफान खड्का (तिलक) र कृष्णमान श्रेष्ठ रहेका छन् । 

नगरतर्फ मञ्ज बज्राचार्य चयन भएकी छिन् । वस्तुगत संघतर्फ चुनिएका ९ जनामा अर्जुनप्रसाद शर्मा, सुरेन्द्रकुमार श्रेष्ठ, रमेश महर्जन, मृगेन्द्रमेहेर श्रेष्ठ, रत्नतारा तुलाधर, मनोहरदास मूल, सञ्जयकुमार अग्रवाल, सुरेन्द्रभाइ शाक्य, किरणकुमार डंगोल रहेका छन् । द्विराष्ट्रिय संस्थागततर्फ त्रिभुवनधर तुलाधर, दीपक कुँवर र विनायक शाह चयन भएका छन् । आबद्धतर्फ देवेन्द्रभक्त श्रेष्ठ, राजारत्न तुलाधर र पर्शुराम दाहाल चयन भएका छन् ।

को हुन् मल्ल ?

राजेन्द्र मल्ल नेपाल चेम्बर अफ कमर्सको राजनीतिमा २०६२ सालमा कार्यकारिणी सदस्यका रूपमा आबद्ध भएका हुन् । उनी चेम्बरको कार्यसमितिमा कोषाध्यक्ष, दोस्रो उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षमा निर्विरोध चयन भएका हुन् । मल्ल जहरसिंह पौवा शंखरापुरस्थित तिरउला रिसोर्ट र ठमेल ट्रेड सेन्टर एन्ड बुटिक होटेलका मालिक हुन् । उनी प्रभु इन्स्योरेन्स, मनाङ एयर, भक्तपुर ब्रिक्स एन्ड टायल्स इन्डस्ट्रिज र कान्तिपुर इन्जिनियरिङ कलेजका सञ्चालक, कृषि स्वावलम्बन प्रालि र जनरल इन्स्योरेन्स एसोसिएसन अफ नेपालका अध्यक्ष रहेका छन् । उनको बैंक, जलविद्युत्, सोपान मल्टिपल होल्डिङ कम्पनीमा लगानी छ ।