१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २७ शुक्रबार १७:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई कम्युनिस्ट पार्टीको एकता तोरी र कोदोको जस्तो : विश्वप्रकाश

तीन वर्षको अवधिमा सिंहदरबारबाट पिना मात्रै निस्कियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २७ शुक्रबार १७:४९:००

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिस्ट पार्टीको एकता तोरी र कोदोको जस्तो भएको टिप्पणी गरेका छन् । 

काठमाडौंमा शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता तोरी र कोदोको जस्तो भएको बताएका हुन् ।

उनले  कोदो र तोरीले भिन्नाभिन्नै विशेषता बोकेको भए पनि एकैठाउँमा राखेर पेल्दा तेल नभई पिना मात्रै निस्कने भएकाले तीन वर्षको अवधिमा सिंहदरबारबाट पिना मात्रै निस्किएको टिप्पणी गरे । त्यही सरकारका मन्त्रीले पनि मौरी र झिँगाको भेद नदेखेको भन्दै मौरी भएर कर्मशील ढंगले सेवा प्रदान गर्न कर्मचारीहरूलाई सुझाब दिए । 

उनले भने,  ‘दुईवटैले मुठ्ठी बटारेका छन् । दुईवटैले लालसलाम भनेका छन् । उस्तै–उस्तै लाग्यो । उहाँहरूले एकता गर्नुभयो । त्यो तोरी र कोदोको एकताजस्तो थियो । एउटा समयमा पुगेपछि यसरी नै टुंगिनु थियो । तोरी र कोदो मिलाएर तेल निकाल्न खोज्यो भने तेल निस्किँदैन । पिना मात्रै निस्कन्छ । तीन  वर्षमा सिंहदरबारबाट त्यही पिना मात्रै निस्किएको छ ओलीजीको शासनबाट । त्यसैगरी उहाँको मन्त्रीजीले पनि मौरी र झिँगाको भेद देख्नुभएन । म तपाईंहरूलाई आग्रह गर्दछु– चित्त दुखाएर बस्ने काम छैन । बरु जसको दृष्टिदोष छ, तिनलाई बदल्नेछौँ र मौरी भएर यो मुलुकको निर्माण गर्नलाई कर्मचारीतन्त्रले काम गर्नेछौँ भनेर संकल्प लिनुपर्छ ।’