मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गणेश लम्साल विराटनगर
२०७७ चैत २७ शुक्रबार १७:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दास मानसिकता भएकाले केपी ओलीलाई राजनेता मान्छन् : माधव नेपाल 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ चैत २७ शुक्रबार १७:१८:००

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीलाई राजनेता मान्नेहरु दास मानसिकताको भएको टिप्पणी गरेका छन् । शुक्रबार समानान्तर कमिटी गठनका लागि मोरङ पुगेका नेपालले यस्तो टिपप्णी गरेका हुन् । उनको उपस्थितिका मोरङमा चन्द्रवीर राईको नेतृत्वमा तीन सय २५ सदस्यीय  समानान्तर जिल्ला कमिटी निर्माण भएको छ ।

 समानान्तर कमिटीको उपाध्यक्षमा चण्डीप्रसाद राई र डा. उद्धव पोखरेल चयन भएका छन् । सचिवमा राजन केसी, उपसचिवमा ओसिम आलम, नीलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ चयन भएका छन् ।  

त्यसैगरीऽ पारुल क्षेत्रीको नेतृत्वमा एक सय ७५ सदस्यीय महानगर कमिटी गठन भएको  छ । महानगर कमिटीको उपाध्यक्षमा खेम तिम्सिना, सचिवमा किरण दाहाल, उपसचिवमा योगेशराज भण्डारी चयन भएका छन् ।