Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २७ शुक्रबार ०६:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सूर्य नेपालद्वारा एम्बुलेन्स हस्तान्तरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २७ शुक्रबार ०६:४९:००

सूर्य नेपाल प्रालि सेराटार तनहुँले म्याग्दे गाउँपालिकालाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, एचआर म्यानेजर अन्जन दुवाडी, कमर्सियल म्यानेजर गौतम यादव तथा सुरक्षा विभाग प्रमुख होमनाथ अर्याललगायतको सहभागितामा एम्बुलेन्स हस्तान्तरण गरिएको हो । 

म्याग्दे गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष मायादेवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी नारायणप्रसाद अधिकारी, म्याग्दे गाउँपालिका वडा नं. ६ का अध्यक्ष बसन थापालगायतको उपस्थितिमा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले २०७७ असोजमा शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । 

कार्यक्रममा कम्पनीका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले उक्त क्षेत्रको समग्र विकासका लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्ने नीति रहेको बताए ।