१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
माले
२०७७ चैत २७ शुक्रबार ०९:०४:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

कोरोना महामारीबीच माल्दिभ्समा पर्यटक बढे

Read Time : < 1 मिनेट
माले
२०७७ चैत २७ शुक्रबार ०९:०४:००

कोरोना भाइरस महमारी (कोभिड–१९)ले धेरै देशको अर्थतन्त्र चौपट नै बनाएको छ । देशको अर्थतन्त्र बलियो बनाउने क्षेत्रमा पर्यटन पनि पर्छ । अर्थतन्त्रमा पर्यटन क्षेत्रको केही हिस्सा योगदान रहेको हुन्छ । विदेशी पर्यटकको भरमा अर्थतन्त्र बलियो भएका देश कोभिडका कारण कमजोर बनेका छन् । 

तर, दक्षिण एसियाली देश माल्दिभ्समा कोभिड–१९ को खासै असर नपरेको देखिन्छ । माल्दिभ्समा पयर्टक संख्या विगत वर्षको तुलनामा बढेको देखिन्छ । सन् २०२०/०२१ को सिजनमा माल्दिभ्समा ५० प्रतिशतले पर्यटक बढेको जनाइएको छ । गत महिना मात्र छुट्टी मनाउन भारतबाट ४४ हजार व्यक्ति माल्दिभ्स पुगेको भारतीय एजेन्सीले उल्लेख गरेका छन् । 

त्यही समयमा जापान तथा चीनमा ९८ प्रतिशतले पर्यटक घटेको छ । लकडाउनबाट बच्न तथा कोरोनाबाट सुरक्षित रहन व्यक्तिहरूले लामो बिदा सदुपयोग गर्न चाहेका छन् । यसै मौकामा त्यस्ता व्यक्तिले माल्दिभ्सलाई पहिलो रोजाइमा राखेका छन् । माल्दिभ्सले पनि यस समयमा पयर्टकलाई लोभ्याउन विभिन्न किसिमका स्किम सार्वजनिक गरिरहेको छ । 

युरोप तथा अन्य देशहरूले कोरोनाको तेस्रो लहरबाट बच्न लकडाउन घोषणा गरिसकेका छन् । यी देशमा छुट्टी मनाउन नपाउँदा विदेशीहरूले माल्दिभ्स पहिलो गन्तव्यका रूपमा राखेका देखिन्छन् । माल्दिभ्स सरकारले कोभिड–१९ बाट सुरक्षित रहन सबै किसिमको व्यवस्था गरेको छ ।

कोभिड–१९ विरुद्धको सही योजनाका कारण नै माल्दिभ्समा यात्रा गर्नेहरूले आफूलाई सुरक्षित मानेका छन् । माल्दिभ्समा विदेशी यात्रुले केवल ९६ घन्टाअगाडिको कोभिड–१९ को रिपोर्ट देखाउँदा काफी हुन्छ । यो रिपोर्ट देखाए उनीहरू क्वारेन्टाइनमा बस्नु पर्दैन पनि । माल्दिभ्समा साना र ठूला गरी १२ हजार टापु छन् ।