Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २५ बुधबार ०६:१२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल, मेगा र सनराइन  बैंकको क्युआर कोड सेवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २५ बुधबार ०६:१२:००

नबिल बैंकले काठमाडौं धुम्बाराहीस्थित तरकारी तथा फलफूल बिक्री केन्द्रमा क्युआर भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले तरकारी खरिद गरेर क्युआर कोडमार्फत भुक्तानी गरी नबिलको क्युआर भुक्तानी सेवा सुरु गरेका हुन् । 

धुम्बाराही तरकारी तथा फलफूल केन्द्रमा उपभोक्ताले तरकारी तथा फलफूल खरिद गरेर आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत रकम भुक्तानी गर्न सक्नेछन् । नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्युआर कोड भुक्तानी छिटो र झन्झटमुक्त रहेको बैंकले जनाएको छ । डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्युआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । 

कार्यक्रममा कार्यकारी निर्देशक क“डेलले बजारमा रकम भुक्तानीका लागि क्युआर कोडहरूको प्रयोग उल्लेखनीय रूपमा वृद्धि भएको बताए । नबिल बैंकका सिइओ अनिलकेशरी शाहले पछिल्लो केही वर्षदेखि नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालेको र जसको परिणाम उपभोक्ता बिस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको बताए । उनले भने, ‘नबिल क्युआर कोड एउटा सहज, सुरक्षित र किफायती डिजिटल भुक्तानी गर्ने माध्यम हो, जसलाई आर्थिक समृद्धिमा महत्वपूर्ण योगदानका रूपमा लिन सकिन्छ ।’

यसैगरी, मेगा बैंकले पोखराका व्यावसायिक पसलहरूमा क्युआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुंगामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरूबाट सामान खरिद गरेर क्युआर कोडबाट भुक्तानी गरी क्युआर कोड सेवाको शुभारम्भ गरेका हुन् ।

यो व्यवस्थासँगै पोखराका उपभोक्ताहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत सामान खरिद गरेको रकम सजिलै क्युआर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिन क्युआर कोड सेवाको विस्तारलाई तीव्रता दिएको बैंकले जनाएको छ । बैंकका अनुसार क्युआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो–छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएकाले व्यवसायी तथा उपभोक्ताहरूको आकर्षण दिन–प्रतिदिन बढ्दै गइरहेको छ । 

सन्राइज बैंकले विराटनगरको टेम्पो तथा इ–रिक्सामा क्युआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । बैंकका प्रदेश १ प्रमुख विवेक निरौलाले विराटनगरको बरगाछीस्थित केशरीचन्द भवरलालको टेम्पो बिक्री केन्द्रबाट यो सेवा शुभारम्भ गरे । पहिलो चरणमा ७० वटा टेम्पो तथा इ–रिक्सामा क्युआर वितरण गरेको बैंकले जनाएको छ । टेम्पो तथा इ–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन् । 

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्युआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोबारमा कुनै पनि शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरू यस सेवातर्फ आकर्षित भइरहेका छन् ।