मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २४ मंगलबार १६:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बर्दियामा मान्छे मार्ने बाघलाई यसरी चिडियाखानामा थुनियो (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २४ मंगलबार १६:५४:००

बर्दिया राष्ट्रिय निकुन्जमा गैँडा गणनामा खटिएका व्यक्तिलाई आक्रमण गर्ने नरभक्षी बाघलाई ललितपुरस्थित सदर चिडियाखानामा ल्याइएको छ । निकुन्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको बाघलाई मंगलबार ललितपुरको जावलाखेलस्थित केन्द्रीय सदर चिडियाखानामा ल्याएको हो ।

आइतबार गैँडा गणना गरी फर्कने क्रममा हात्तीलाई घाँस काट्दै गरेको अवस्थामा हात्तीसारका कर्मचारी ३४ वर्षीय पुलिसराम थारूको नरभक्षी बाघले आक्रमण गर्दा ज्यान गएको थियो । निकुन्जका कर्मचारीलाई मारेपछि नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको थियो । १० वर्षको उक्त भाले बाघलाई बर्दियाबाट गाडीमा हालेर ललितपुर ल्याइएको हो । 

बर्दियाबाट ल्याइएको बाघलाई चिडियाखानामा राख्ने क्रममा आयोजित कार्यक्रममा वनमन्त्री प्रेमबहादुर आलेले जंगली जनावरको आक्रमणबाट हुने घटना दोहोरिन नदिन राष्ट्रिय निकुन्जहरूमा पर्खाल लगाउने अथवा विद्युतीय तारबार गर्नुपर्ने बताए । त्यसका लागि आफूले अर्थमन्त्रीसँग बजेट विनियोजन गर्ने विषयमा कुराकानी गरेको उनले जानकारी दिए ।