१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २३ सोमबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२५ वर्षमा एभरेष्ट बैंकमा पहिलो नेपाली सिइओ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २३ सोमबार ०६:१०:००

२५ वर्षमा पहिलोपटक एभरेष्ट बैंकमा नेपाली प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले सुदेश खालिङलाई सिइओमा नियुक्त गरेको हो । 

भारतको पन्जाब नेसनल बैंकको २०.०३ प्रतिशत सेयर स्वामित्व रहेको बैंकमा हालसम्म भारतीय नागरिक सिइओका रूपमा नियुक्त हुँदै आएका थिए । पन्जाब नेसनल बैंकपछि संस्थापक सेयरधनीमा सबैभन्दा धेरै सेयर प्रतिमा श्रेष्ठ, होटेल स्नोलगायतको रहेको छ । यिनको क्रमशः १४ दशमलव ८४ र ९ दशमलव ३१ प्रतिशत लगानी छ । 

यसअघि भारतबाट सिइओका रूपमा नियुक्त भएका गजेन्द्रकुमार नेगी कार्यभार सम्हालेको १७ महिनामै फिर्ता जाने भएका हुन् । खालिङले केही दिनअघि मात्रै सिटिजन्स बैंकको सञ्चालक समितिबाट राजीनामा दिएका थिए । १६ महिना सिटिजन्समा सञ्चालकका रूपमा रहेका खालिङ त्यसअघि ७ वर्ष लक्ष्मी बैंकमा सिइओका रूपमा कार्यरत थिए । 

प्रमुख कार्यकारी अधिकृत वा सञ्चालकबाट राजीनामा दिएको ६ महिनासम्म कुलिङ पिरियड लाग्ने र अन्य संस्थामा सोही वा प्रमुखका रूपमा कार्य गर्न नपाइने व्यवस्था छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले नियुक्तिसम्बन्धी जानकारी नआएकाले अहिले यसमा केही भन्न नसकिने बताए । उनले भने, ‘नियम त सबैलाई लाग्छ नै, तर उहाँलाई ६ महिनापछि लागू हुने गरेर नियुक्ति दिनुभएको छ कि वा अरू केही, त्यो जानकारी नआई भन्न सकिँदैन ।’