१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २२ आइतबार ०६:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ओप्पोले घटायो स्मार्ट फोनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २२ आइतबार ०६:१२:००

नेपाली नयाँ वर्षको अवसर पारेर ओप्पोले ए१२ ३ जिबी स्मार्ट फोनको मूल्य कटौती गरेको छ । ओप्पोले १६ हजार ५ सय ९० रुपैयाँ मूल्य रहेको स्मार्ट फोन अब १४ हजार ९ सय ९० रुपैयाँमा बिक्री गर्ने जनाएको छ । यो स्मार्ट फोन नेपालमा कालो र नीलो रङमा उपलब्ध छ ।

यसमा ६.२२ इन्चको डिस्प्ले, १३ मेगापिक्सेल ब्याक र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । फोनमा रहेको रियर क्यामरामा डुअल एलइडी फ्ल्यासको प्रयोग गरिएको छ । त्यसैगरी, सेल्फीका लागि फोनमा ५ एमपी क्षमताको फ्रन्ट क्यामरा जडान गरिएको छ ।