मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १५:५७:००
Read Time : < 1 मिनेट
समाचार

५ औं उड अन्तराष्ट्रिय प्रदर्शनी सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १५:५७:००

काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा ५औं नेपाल उड अन्तराष्ट्रिय प्रदर्शनी सुरु भएको छ । 

शुक्रबारदेखि सुरु प्रदर्शनीमा काठबाट निर्मित विभिन्न सामाग्रीहरु राखिएको छ । विशेष गरी प्रदर्शनीमा घर निर्माणका लागि आवश्यक पर्ने प्लाईउड, काठबाट बनेका घर, सजावटका सामानहरु, फर्निचरहरु, काष्ठ उद्योगका लागि आवश्यक औजारहरु राखिएको छ । त्यसैगरी प्लाईबाट बनेका सामानहरु, झ्याल ढोका, सोफासेट, डायनिङ टेबल, पार्केटिङका सामानहरु पनि प्रदर्शनीमा राखिएको छ । प्रर्दशनीमा नेपालसहित विभिन्न १० मुलुकका १ सय २० वटा स्टल रहेको आयोजकले जनाएका छन् ।

मिडिया स्पेस सोलुसनले आयोजना गरेको प्रदर्शनी तीन दिन सम्म चल्नेछ ।