मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २० शुक्रबार १४:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंवासीले कृष्णप्रसाद भट्टराई सम्झिए : विश्वप्रकाश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २० शुक्रबार १४:१३:००

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंवासीले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताएका छन् । मेलम्चीको पानी काठमाडौंमा आइपुगेको सन्दर्भमा संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले पानी काठमाडौं ल्याइपुर्‍याउन सबैको कर्मलाई सम्झिनुपर्ने भए पनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा सुरु र अन्त्य हुन नसक्ने बताए ।

उनले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिए पनि उपत्यकावासीले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गरे । उनले भने, ‘एउटा विकासको परियोजना ऐतिहासिक रूपमा यसरी सम्पन्न हुँदै गर्दाखेरि, यसलाई गौरवका साथ लिँदै गर्दाखेरि कसैको पनि आलोचना गरिरहनेभन्दा पनि सबैले गरेको कर्मलाई स्मरण गर्न जरुरी छ । कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गाँसिने नाम हो । कृष्णप्रसाद भट्टराईलाई बिर्सेर मेलम्चीको कथा न सुरु हुने हो न मेलम्चीको कथा अन्त्य हुने हो । न मेलम्ची यहाँ आइपुग्ने हुन्थ्यो होला । सरकारले बिर्स्याे होला, मन्त्रीजीले बिर्सिनुभयो होला, अरुले बिर्सिनुभयो होला, तर उपत्यकावासी कसैले पनि कृष्णप्रसाद भट्टराईलाई मेलम्चीको सन्दर्भमा हरेक पिउँदै गरेको घुट्कोसँगै, हरेक पिउँदै गरेको थोपासँगै सम्झिनुभएकै छ भनेर हामी विश्वास व्यक्त गर्दछौँ ।’

प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाडौं आउनुले हाम्रो सामर्थ्यको पुष्टि भएको पनि बताए । यसले आगामी दिनमा नवीन परियोजनातर्फ देशलाई लैजानको निम्ति मार्गप्रशस्त गर्ने बताए । नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौं आइपुगेको विषयलाई अत्यन्तै हर्षका साथ स्वागत गरेको पनि बताए ।