१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गगन अयडी बाजुरा
२०७७ चैत २० शुक्रबार १०:३१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाजुरामा निर्माणाधीन बेलिब्रिज अन्तिम चरणमा

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७७ चैत २० शुक्रबार १०:३१:००

बाजुरा र अछामको साँफे–मार्तडी सडक खण्डअन्तर्गत पर्ने बाजुराको बडीमालिका नगरपालिकाको जडांग नदीमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुुगेको छ । सडक डिभिजन कार्यालय साँफेबगरले एमएसएमके बिल्डर्स एन्ड कन्स्ट्रक्सन कम्पनीले बेलिब्रिज ढुवानीदेखि निर्माणका लागि एक करोड ८८ लाखको ठेक्का दिएको थियो । 

लगातार काम गरिरहेकाले सम्झौताअनुसारकै मितिमा ठेक्का पूरा हुने निर्माण कम्पनीका ठेकेदार चक्र शाहले बताए । बेलिब्रिज निर्माण सम्झौता आगामी माघ मसान्तसम्ममा सकिने सडक डिभिजन प्रमुख ललित खनालले जानकारी दिए । सम्झौताअनुसार समयसीमाभित्रै काम सम्पन्न हुने चरणमा पुुगेको सडक डिभिजन कार्यालय प्रमुख खनालले बताए । 

गत २५ साउनको राति अविरल वर्षासँगै आएको बाढीले बेलिब्रिज र झोलुंगेपुल बगाएको थियो । बाढीले बुढीगंगा नदीमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्मको सडक सम्पर्कविहीन भएको थियो । पुरानै बगाएको ठाउँमा बेलिब्रिज निर्माण सुरु गरेको सडक डिभिजन कार्यालय प्रमुख खनालले बताए ।

बेलिब्रिज बगाएपछि सोही स्थानमा नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने बनाइएको थियो । बाढीले पुल बगाएपछि जिल्ला सदरमुकाम मार्तडीलगायत पूर्वी–उत्तरी भेगका मानिसहरूलाई आवागमन गर्न निकै समस्या भएको थियो ।