१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ चैत २० शुक्रबार १०:२६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपाल–खनाल समूहले कास्कीमा बनायो समानान्तर कमिटी

Read Time : < 1 मिनेट
२०७७ चैत २० शुक्रबार १०:२६:००

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नेपाल–खनाल समूहले कास्कीमा छुट्टै कमिटी गठन गरेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा पोखरामा बिहीबार सम्पन्न भेलाले ७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो । 

कमिटीको संयोजकमा धनराज आचार्य र सचिवमा होमबहादुर नेपाली छन् । कास्कीमा समानान्तर कमिटी गठनपछि भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब देशव्यापी रूपमा वडा, पालिका, जिल्ला, प्रदेशसम्म समानान्तर कमिटी गठन गरिने बताए । अनेरास्ववियु, आदिवासी जनजाति, दलित, महिला, युवालगायतका भ्रातृ संस्थामा समेत त समानान्तर कमिटी बनाइने उनको भनाइ छ ।

२८ फागुनको पार्टीको निर्णय फिर्ता गरे सबै कुरा भुलेर आफूहरू अघि बढ्न तयार रहेको नेपालले बताए । निर्णय फिर्ता नभए देशव्यापी रूपमा संगठन विस्तार गर्ने उनले जिकिर गरे । वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली जाली भएको आरोपसमेत लगाए । 

ओली नेकपाल एमालेलाई बलियो बनाउनभन्दा सिध्याउन लागिपरेको भन्दै उनले सोहीअनुसार पार्टीको विधिविधान पालना नगरी अगाडि बढेको दाबी गरे । नेता नेपालले कम्युनिस्ट पार्टी सिध्याउने हिसाबले ओलीले पार्टी कब्जा गर्ने प्रयास गरिरहेको आरोपसमेत उनले लगाए ।

ओली जसरी अघि बढे पनि उनले कम्युनिस्ट पार्टी सिध्याउन नसक्ने र आफूहरूले सिध्याउन नदिने भनाइसमेत उनको थियो । आफूहरू कम्युनिस्ट पार्टी एक बनाउनुपर्छ भन्ने उद्देश्यका साथ अगाडि बढेको दाबी गर्दै प्रचण्ड, मोहन वैद्य, मोहनविक्रम सिंहलगायतका नेता र पार्टीसँग हातेमाले गरी एउटा गठबन्धन बनाएर अघि बढ्न चाहेको उनले बताए ।