१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १९ बिहीबार १७:५६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दशरथ रंगशालामा कोभिड कप २०२१ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १९ बिहीबार १७:५६:००

चैत्र २८ गते दशरथ  रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ चैत २८ गते दशरथ रंगशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने भएको हो ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमबारे जानकारी गराइएको छ । खेलमा चलचित्र कलाकारहरू, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तीय परिसंघ, सहकारी अभियान लायन्स क्लबका व्यक्तिहरू, राष्ट्रिय निजी तथा आवासीय विद्यालयलगायतको सहभागिता हुने बताइएको छ ।

सातवटा खेलमा १० वटा टोली रहने र कोभिड– १९ बाट बच्नका लागि सामाजिक दूरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए । खेलको सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरीने आयोजकले बताएको छ ।