मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १९ बिहीबार ०६:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलले पायो ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२०’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १९ बिहीबार ०६:२४:००

दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ प्राप्त गरेको छ । मानव संसाधन विकासका क्षेत्रमा काम गर्दै आइरहेको कम्पनी ग्रोथ सेलर्सले एचआर मिट २०२१ कार्यक्रममा एनसेललाई यो अवार्ड प्रदान गरेको हो ।

प्रा.डा. सुवास केसीको संयोजकत्वमा रहेको निर्णायकमण्डलले एनसेललाई यो अवार्ड दिने निर्णय गरेका थियो । ग्रोथ सेलर्सले विभिन्न पाँच विधामा प्रदान गरेको एचआर अवार्डमा एनसेलले पाएको यो अवार्ड मुख्य विधाअन्तर्गतको हो ।

कम्पनीले अपनाएका मानव संसाधन नीति, अभ्यास र गरेका कार्यहरूको उत्कृष्टताको सम्मान तथा पहिचान गर्दैै यो अवार्ड आफूलाई प्रदान गरेको एनसेलले जनाएको छ ।

मानव संसाधनमा उत्कृष्ट बन्दै उद्योग क्षेत्रभित्र र बाहिर पनि प्रभाव पार्न सफल भएको र मानव संसाधन कार्यमा उत्कृष्टताको नमुना बन्दै अरूलाई पनि पछ्याउन प्रेरित गरेकाले एनसेलले यो अवार्ड हात पार्न सफल भएको हो । मानव संसाधन समुदायलाई सशक्त, सबल पार्न र विश्वव्यापी प्रचलनका बारेमा जानकारी प्रदान गर्दै आपसी सञ्जाल विस्तारमा योगदान पु¥याउन ग्रोथ सेलर्सले सन् २००८ देखि एचआर मिट गर्दै आएको छ ।