१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १८ बुधबार १८:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षक पेसाप्रति मानिसको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन सकेन : शिक्षामन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १८ बुधबार १८:०४:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षक पेसाप्रति मानिसहरूको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित सिकाइ आदान–प्रदान तथा आगामी कार्यदिशासम्बन्धी राष्ट्रिय परामर्शशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शिक्षक पेसाप्रतिको अरुचिका कारण सरकारी विद्यालयहरूको पढाइ कमजोर भएको बताएका हुन् ।

उनले  कुनै पनि व्यक्तिले आफ्नो पढाइ सकिएपछि अन्त कतै रोजगारी नपाए मात्रै शिक्षक पेसा रोज्ने प्रवृत्तिका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताए । शिक्षक पेसामा आउनेहरू पनि अन्यत्र जागिर पाउनेबित्तिकै जाने प्रवृत्तिले बालबालिकाको भविष्यमाथि चिन्ता लिने शिक्षक पाउनै नसकिएको बताए ।

उनले भने, ‘हामीहरू राम्रो पढेर पास भएपछि राम्रो जागिर खोज्ने, कहीँ कतै जागिर नपाइसकेपछि (क्षमा गरिदिनुहोला) अनि शिक्षण पेसामा आउने । शिक्षण पेसामा आएर पनि एउटा खुट्टा स्कुलमा र अर्को खुट्टाले जागिरको खोजीमा, जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छोडेर हिँडिदिने, त्यो स्कुलको बच्चाको भविष्यबारे चिन्ता नलिइदिने, त्यो स्कुलको बच्चाहरू मुलुकका भविष्यका कर्णधार जसको भविष्यसँग मुलुकको भविष्य गाँसिएको छ त्यसबारे हामी कति गम्भीर बन्छौँ र चिन्तित बन्छौँ ।’

विकसित मुलुकका नागरिकको आकर्षण सरकारी विद्यालयमा हुनेऽ तर नेपालमा सरकारी विद्यालयमा आर्थिक रूपमा विपन्न, निम्न आयस्रोत भएका, असहाय, अनाथ, दलत वर्गका छाेराछाेरी मात्रै पढ्न आउने गरेको बताए ।  सरकार बेरोजगार उत्पादन गर्ने शिक्षा नहोस् भन्नेतर्फ सचेत रहेको पनि मन्त्री श्रेष्ठले बताए ।