मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १८ बुधबार ०८:४१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानीकर्ता सक्रिय, नेप्सेसँगै  बढ्यो कारोबार रकम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १८ बुधबार ०८:४१:००

सेयर बजारमा लगानीकर्ता सक्रिय हुँदा नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार नेप्से परिसूचक ३२ दशमलव १५ अंकले बढेर २ हजार ५ सय ७५ बिन्दुमा पुगेको छ । 

सेयर बजार सकारात्मक अवस्थामा रहेकाले अझ केही गति लिन सक्ने लगानीकर्ता बताउँछन् । मंगलबार ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव १९ अंकले बढेर ४ सय ५६ बिन्दुमा पुगेको छ । बजार २५ सयको बिन्दुबाट केही बढेर २६ सम्मको बिन्दुसम्म जान सक्ने एक लगानीकर्ता बताउँछन् । ‘बजार करेक्सन हुँदै बढ्नु भनेको अझै एक तह माथिसम्म जाने संकेत देखिनु  हो,’ उनले भने । 

कारोबारमा आएका १३ समूहमध्ये ११ समूहको सूचक बढेको छ । दुई समूहको सूचक घटेको छ । यस दिन हाइड्रोपावर समूहको सूचक सबैभन्दा धेरै ४ दशमलव १४ प्रतिशतले बढेको छ । दोस्रो समूहको सूचक बढ्नेमा होटेल तथा पर्यटन रहेका छन् । सो समूहको ३ दशमलव २५ प्रतिशतले बढेको छ । अन्य समूहको शून्य सूचक सकारात्मक नै रहेको छ । त्यस्तै, यस दिन घट्ने समूहमा सबैभन्दा धेरै ट्रेडिङ समूह रहेको छ । उक्त समूहको सूचक शून्य दशमलव ६८ प्रतिशतले घटेको छ ।

यस दिन धितोपत्र र ऋणपत्र गरी २ सय ९ कम्पनीको १ करोड २२ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ६ अर्ब १८ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेको छ । उक्त बैंकको ४८ करोड ९४ हजार रुपैयाँ कारोबार भएको छ । त्यस्तै, दोस्रो कारोबार हुनेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था रहेको छ । यस संस्थाको ४३ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । तेस्रो स्थानमा कारोबार हुनेमा एनएलजी इन्स्योरेन्स कम्पनीको ३३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।

वमी माइक्रो फाइनान्स वित्तीय संस्था सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । यस कम्पनीको ९ दशमलव ९९ प्रतिशतमा मूल्य बढेर ११ सय ३४ रुपैयाँमा कारोबार भएको हो । त्यस्तै, सानिमा जनरल इस्योरेन्सको ९ दशमलव ९७ प्रतिशत बढेर ७ सय ६ रुपैयाँमा कारोबार भएको छ भने जनरल इस्योरेन्सको ९ दशमलव ९४ प्रतिशत बढेर ६ सय ९७ मा कारोबार भएको छ ।

५० प्रतिशत हकप्रद दिने प्रस्ताव भएको अजोड इन्स्योरेन्स ९ दशमलव ९२ प्रतिशत सेयर मूल्य बढेर ८ सय ५३ रुपैयाँमा कारोबार भएको छ । अजोडले आगामी वार्षिक साधारणसभामार्फत ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव गरेको हो ।