मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १७ मंगलबार १५:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निगमसँग रहेका चिनियाँ जहाजको व्यवस्थापन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १७ मंगलबार १५:४१:००

सरकारी निर्णयअनुसार नेपाल वायुसेवा निगमसँग रहेका ६ वटा चिनियाँ जहाजको व्यवस्थापन हुने भएको छ । चिनियाँ जहाज प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन हुन नसक्दा आर्थिक भार व्यहोरिरहेको निगमका लागि यो व्यवस्थापन निकै ठूलो उपलब्धि हो । निगमसँग दुईवटा ‘एमए ६०’ र चारवटा ‘वाई १२ ई’ गरी ६ चिनियाँ जहाज छन् । यी जहाज आन्तरिक उडान प्रयोजनका निम्ति ल्याइएको थियो । 

एक एमए ६० र एक वाई १२ जहाज नेपाल सरकारलाई चिनियाँ सरकारबाट ‘जिटुजी’बापत अनुदानमा प्राप्त भएको थियो । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सरकारलाई प्राप्त अनुदानको दुई जहाजबापत थप एक एमए ६० जहाज र तीनवटा वाई १२ जहाज सहुलियतपूर्ण ऋणमा चीनको विमान उत्पादन गर्ने कम्पनी ‘एभिक इन्टरनेुनल’ बाट खरिद गरेको थियो ।

‘लोड पेनाल्टी’, बिमा, ‘पार्टस’को आपूर्ति, महँगाे ‘पार्टस’, महँगाे ‘सिमुलेटर’ तालिमलगायतको समस्याले चिनियाँ जहाजको सञ्चालनमा निगमले निकै नै आर्थिक नोक्सानी व्यहोर्दै आएको थियो । 

निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार ०७७ असार १६ गतेको सञ्चालक समितिको वैठकले सोही वर्षको साउन १५ गतेबाट सम्पूर्ण चिनियाँ जहाज ‘ग्राउन्डेड’ गर्ने निर्णय गरेको थियो । चिनिया जहाजँमध्ये पाँचवटा मात्र सञ्चालनयोग्य छन् । एक बिग्रिएको छ । नाइन एन एकेयू कलसाइन जहाज २०७६ चैत १५ गते नेपालगन्जस्थित धावनमार्गमा दुर्घटना भई सञ्चालन गर्न नमिल्ने अवस्थामा रहेको छ । बाँकी पाँचवटा विमानका लागि ‘लिजआउट’ गर्ने निगमको योजना छ । 

निगमले ०७० र त्यसपछि विभिन्न मितिमा चिनियाँ जहाज भित्र्याएको थियो । २०७१ बाट आन्तरिक उडानमा चिनियाँ जहाज प्रयोग भएको थियो । निगमले चिनियाँ जहाज ग्राउन्डेड गरेदेखि सरकारसमक्ष सोको व्यवस्थापनका लागि पत्राचार गर्नुको साथै उपयुक्त व्यवस्थापनका लागि अनुरोध गर्दै आएको थियो ।