मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत १७ मंगलबार १४:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङ सदरमुकामको एक रेस्टुरेन्टमा आगलागी, दश लाखबराबरको क्षति

Read Time : < 1 मिनेट
२०७७ चैत १७ मंगलबार १४:३३:००

जिल्लाको बाग्लुङ नगरपालिका– २ हरिशंकर रोडमा एक रेस्टुरेन्टमा आगलागी भएको छ । बाग्लुङ बजारको लोकतान्त्रिक चोकनजिकै रहेको ग्रिल एन्ड चिल रेस्टुरेन्टको किचनमा ग्यास लिक भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए । 

आगलागीबाट झन्डै १० लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट रेस्टुरेन्टको किचन पूर्ण रूपमा क्षति भएको छ भने अन्य फर्निचरका सामग्री, टिभीलगायतका बहुमूल्य सामग्रीहरू जलेर नष्ट भएका छन् ।

बिहान ११ः४०  बजेको समयमा सुरु भएको आगलागी बाग्लुङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले ३० मिनेटमै नियन्त्रणमा लिएका थिए ।