वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । उनको अन्त्येष्टि मंगलबार पशुपति आर्यघाटमा गरिएको छ ।
नेता मानन्धरलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्वसभामुख कृष्णबहादुर महरालगायतका नेताहरूले अन्तिम बिदाइ गरे ।
नेता मानन्धर नेपाली कम्युनिस्ट आन्दोलनका इमानदार नेताको रूपमा परिचित थिए । उनको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बनाउन महत्वपूर्ण भूमिका रहेको छ । विक्रमसंवत् १०८९ मा जन्मिनुभएका मानन्धर लामो समयसम्म नेकपा (संयुक्त)को महासचिव थिए ।