मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत १७ मंगलबार १०:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रमणमा रहेको सेनाको हेलिकाेप्टरले बिरामी महिलाकाे  उद्धार गर्‍याे

Read Time : < 1 मिनेट
२०७७ चैत १७ मंगलबार १०:०७:००

नेपाली सेनाको भ्रमणमा रहेको टोलीले बिरामी महिलाको उद्धार गरेको छ । उत्तर पश्चिम पृतनापति र २४ नम्बरका बाहिनीपतिको डोल्पा हवाई भ्रमणका क्रममा उपल्लो डोल्पा पुगेको सेनाको हेलिकाेप्टरले तिन्जेबाट हेपाटाइटिस ‘बी’ पीडित  महिलाको उद्धार गरेको हो । 

से–फोक्सुन्डाे गाउँपालिका– ४ बस्ने २३ वर्षीया टिजिङखाँडो गुरुङलाई हिमाल अवलोकनको भ्रमणमा रहेको उत्तर पश्चिम पृतनापति विज्ञानदेव पाण्डे र २४ नं. बाहिनीका सहायक रथी यामबहादुर सापकोटाको टोलीले उद्धार गरेको रामवाण गुल्मका गुल्मपति सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए ।

स्वास्थ्यचौकीमा सामान्य उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि थप उपचारका लागि तिन्जेबाट उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको सेनानी क्षेत्रीको भनाइ छ । उनको प्राणघातक रोग हेपाटाइटिस ‘बी’को कारण कलेजो कमजोर भएको जिल्ला अस्पतालको भनाइ छ ।