१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १७ मंगलबार ०७:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरको आग्रह- ‘कुहिने फोहोर घरमै व्यवस्थापन गरौँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १७ मंगलबार ०७:३०:००

काठमाडौं महानगरपालिकाले कुहिने फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ । नुवाकोटको ककनी गाउँपालिकास्थित सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध पु¥याएपछि महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको हो ।

ककनी गाउँपालिका वडा–२ स्थित सिसडोल ल्यान्डफिल्ड साइटका प्रभावित बासिन्दाले विभिन्न माग राखी १३ चैतदेखि फोहोर व्यवस्थापन कार्यमा अवरुद्ध गर्दै आएकोमा काठमाडौं महानगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

महानगरले सोमबार जारी गरेको विज्ञप्तिमा प्रभावित क्षेत्रका स्थानीयसँग फोहोर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोधसमेत गरिएको छ । विज्ञप्तिमा उत्पादकहरूलाई कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने प्रकारकोलाई फोहोर संकलन गर्ने गाडी आएपछि मात्र राखेर पठाउन भनिएको छ । महानगरले शिक्षा मन्त्रालयसँग समन्वय गरी स्थानीयको माग पूरा गर्नेबारे छलफल सकारात्मक दिशामा अघि बढेको पनि जनाएको छ ।

स्थानीयको अवरोधपछि ल्यान्डफिल साइटमा फोहोर लैजान सक्ने अवस्था नरहेकाले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहोर वर्गीकरण गर्न महानगरपालिकाले आग्रह गरेको हो ।