मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार १९:४३:००
Read Time : < 1 मिनेट
समाचार

नुवाकाेटमा फरार अपराधी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार १९:४३:००

विभिन्न अपराधमा संलग्न भएर अदालतबाट दोषी ठहर भई फरार रहेका एक सय ५२ जनालाई प्रहरीले पक्राउ गर्ने अभियान सुरु गरेकाे छ । जिल्लामा एक वर्षमा फरार अभियुक्त तथा अपराधी पक्राउ गरेको प्रहरीले जनाएको छ । 

गत वर्षको मङ्सिरदेखि हालसम्म फरार अभियुक्त तथा अपराधी पक्राउ गरी कानूनी कारवाहीका लागि बुझाइएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । अदालतबाट दोषी ठहर भई फरार भएका र अदालती प्रक्रिया बाँकी रहेका गरी दुवै किसिमका अभियुक्त तथा अपराधीको खोजी तीव्र बनाएर पक्राउ गरिएको उनले जानकारी दिएका हुन् ।

प्रहरीले फरार अपराधी पक्राउ गरेर कैदसहित करिब साढे १९ लाख जरिवाना असुल गरेको छ । सो अवधिमा जुवातास खेल्नेबाट करिब दश लाख, अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनबाट करिब पाँच लाख, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट करिब पौने दुई करोड जरिवाना सङ्कलन भएको प्रहरीले जनाएको छ ।