मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १५ आइतबार ०९:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालको ग्रिड पूर्वाधार स्तरोन्नतिको जिम्मा जिईलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १५ आइतबार ०९:२४:००

खिम्ती, बाह्रबिसे र लप्सीफेदीमा रहेका तीनवटा ग्यास–इन्सुलेटेड सबस्टेसनहरू (जिआइएस) स्तोरन्नति गर्ने जिम्मा जिई रिन्युएबल इनर्जिज ग्रिड सोलुसन्स बिजनेस (एनवाइएसइजिई) ले पाएको छ ।

यी सबस्टेसनको निर्माणपछि काठमाडौंबाहिरका लाखौँ घरपरिवारले विनाअवरोध जलविद्युत् उपाभोग गर्न पाउने कम्पनीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले जिईद्वारा प्रस्तुत प्रस्तावउपर स्वीकृति प्रदान गरेको हो । जिईले स्तरोन्नति गर्ने जिम्मा पाएको ३ वटा जिआइएस सबस्टेसनको क्षमता २ सय २० किलो भोल्ट (केभी) बाट ४ सय ४० किलो भोल्ट (केभी) बनाउने रहेको छ ।

एसियाली विकास बैंक र नेपाल सरकारको लगानी हुने परियोजनाको नेतृत्व नेपाल विद्युत् प्राधिकरणले गर्नेछ । ‘यो परियोजना नेपालको सम्पूर्ण भूभागमा बिजुली उपलब्ध गराउने हाम्रो लक्ष्यलाई पूरा गर्ने दिशाको एक महत्वपूर्ण कदम हो । सबै नेपालीहरूलाई विद्युत् उपभोगको पहुँचमा ल्याउने र बिजुली व्यापारको सम्भावना पनि स्थापित गर्ने हाम्रो आधारभूत उद्देश्य हो । हाम्रो लक्ष्यमा जिईसँग सहकार्य गर्न पाएकामा हर्षित छौँ,’ नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भने ।

सन् २०१६ मा नेपाल सरकारले दश वर्षभित्रमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने र बढी भएको बिजुली विदेशमा बिक्री गर्ने लक्ष्य लिएको थियो । त्यसका लागि देशको प्रसारण प्रणालीहरूको तत्कालै विस्तार तथा स्तरोन्नति गर्नुपर्ने दखियो ।

जिइज ग्रिड सोलुसन्स, दक्षिण एसियाका सभापति तथा सिइओ पीताम्बर शिवनानीले भने, ‘नेपालको प्रसारण पूर्वाधार स्तरोन्नति गर्ने कार्यमा प्राधिकरणसँग सहकार्य गर्न पाएकोमा हामी खुसी छाैँ । विश्वभरका ९० प्रतिशतभन्दा बढी विद्युतीय उपकरणहरू जिईको ग्रिड प्रविधिका साथ जडित छन् ।’  

जिआइएस प्रविधि आधुनिक सबस्टेसन प्रविधिमध्येको एक हो । यो स्थापनाका लागि एयर इन्सुलेटेड सबस्टेसन (एआइएस)को दाँजोमा ७० प्रतिशत कम जमिन भए पुग्छ ।