मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लक्ष्मी काफ्ले
२०७५ फाल्गुण ३ शुक्रबार ११:११:००
Read Time : > 1 मिनेट
प्रदेश

६ महिनामा १ करोडभन्दा  बढीको अवैध सामान बरामद

Read Time : > 1 मिनेट
लक्ष्मी काफ्ले
२०७५ फाल्गुण ३ शुक्रबार ११:११:००

जिल्ला प्रहरी कार्यालय झापाले चालू आर्थिक वर्षको ६ महिनामा १ करोड ३० लाख ६७ हजार ९ सय १० रुपैयाँबराबरको अवैध सामान बरामद गरी भन्सारमा बुझाएको छ । प्रहरीले भन्सार चोरी–तस्करी नियन्त्रण अभियानअन्तर्गत साउनदेखि पुससम्म उक्त मूल्यबराबरको सामान बरामद गरी भन्सार दाखिला गरेको हो ।

६ महिनामा ३ लाखबराबरको अवैध नदीजन्य पदार्थ नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । बालुवा, ढुंगा, गिट्टीको गैरकानुनी उत्खनन, बिक्री तथा वितरण रोक्ने क्रममा उक्त मूल्यबराबरको नदीजन्य पदार्थ नियन्त्रणमा लिइएको उनको भनाइ छ । त्यस्तै, प्रहरीले तस्करीको २ सय ८१ दशमलव ९५ क्युफिट काठ, २ वटा ट्याक्टर र एउटा जिप नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाएको छ । भारततर्फ लैजाँदै गरिएका २ सय ३२ वटा पशु–चौपायालाई भन्सार कार्यालय बुझाइएको बताइएको छ ।

प्रहरीले ७ लाख ९६ हजार ३ सय २४ रुपैयाँबराबरको पटाका नियन्त्रण गरी नष्‍ट गरेको छ । लागुऔषधसहित १ सय ३५ जना व्यक्ति पक्राउ गरेको छ । फैसला कार्यान्वयनअन्तर्गत चालू आर्थिक वर्षको ६ महिनामा १ सय १२ जनालाई नियन्त्रणमा लिई लगत कट्टा गरिएको प्रहरी उपरीक्षक ढकालले बताए । 

झापा प्रहरीले यौनजन्य गतिविधिमा संलग्न १ सय २४ जनालाई पक्राउ गरिएको र ती सबै पुर्पक्षका लागि कारागार चलान भएको जनाएको छ । यो अवधिमा प्रहरीले गम्भीर अपराधमा संलग्न १ सय ७४, गुन्डागर्दीमा संलग्न १ सय १० जना पक्राउ गरेको छ । तासजुवासहित पक्राउ परेका ५३ जनाबाट प्रहरीले ३ लाख ७३ हजार १ सय ३५ रुपैयाँ बरामद गरेको छ ।

अपराध अनुसन्धानतर्फ झापा प्रहरीले ७ सय ३ वटा मुद्दा दर्ता गरेको छ । जसमध्ये ४ सय ५१ वटा मुद्दा फस्र्योट भएको जनाइएको छ । घटनामा संलग्नमध्ये ९० प्रतिशतभन्दा बढी प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ । ६ महिनामा हराएका २ सय ७४ जनामध्ये १ सय ५७ जनालाई फेला पारिएको प्रहरीको तथ्यांक छ । हराएका ९ बालक, ३३ बालिका र १ सय १५ महिला फेला परेका हुन् ।