मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत १४ शनिबार ०९:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामूहिक रूपमा भेला भई होली नमनाउन लमजुङ प्रशासनको आग्रह

Read Time : < 1 मिनेट
२०७७ चैत १४ शनिबार ०९:१८:००

कोभिड १९ को संक्रमणको जोखिम बढेपछि लमजुङमा सामूहिक रूपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ । प्रशासनले सूचना जारी गरी भिडभाड गरेर होली नमनाउन आग्रह गरेको हो । 

फागुपूर्णिमाको अवसरमा सामूहिक रूपमा भेला भई भिडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई सचेत रहन आग्रह गरिएको हो । 

कोरोना भाइरसको प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशील भइ संक्रमितको दर बढ्दै गएको र मृत्युदरमा वृद्धि भएको सन्दर्भमा खुला सिमानाका कारण मानिसको आवतजावत बढिरहेकाले लमजुङ पनि जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

बैठकले रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसायको सन्दर्भमा संक्रमणको अवस्थालाई विचार गरी १० बजेसम्म सञ्चालन गर्न आग्रह गरेको छ ।