मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ २८ शुक्रबार
  • Friday, 11 June, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १३ शुक्रबार १८:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फागुन २८ पछिका कुनै पनि निर्णय फिर्ता हुँदैनन् : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १३ शुक्रबार १८:४५:००

प्रधानमन्त्री केपी ओलीले नेकपा (एमाले)ले फागुन २८ गतेपछि गरेका निर्णयहरू फिर्ता नहुने बताएका छन् ।शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपा (एमाले)को संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीले फागुन २८ पछि भएका पार्टीका निर्णयहरू फिर्ता नहुने बताएका हुन् । चैत ५ गते र चैत ७ गतेको संसदीय दलको बैठकले गरेको निर्णयबाट पनि ब्याक हुन नसकिने उनको भनाइ छ ।

उनले पार्टीको विधान केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको भन्दै त्यसलाई परिवर्तन गर्न नसकिने स्पष्ट पारेको पनि नेकपा (एमाले)संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए । प्रधानमन्त्री ओलीले नेकपा (एमाले)मा कुनै गुट र समूह नरहेकोले समूहगत रूपमा कसैसँग डिलिङ नगर्ने बताएको पनि प्रमुख सचेतक भट्टराईले बताए ।

उनले भने, ‘२८ गते भएका निर्णयहरू र त्यसपछि भएका संसदीय दलका बैठकहरू चैत ५ गते र चैत ७ गते भएको संसदीय दलको बैठकले गरेका निर्णयहरूबाट ब्याक हुन सकिँदैन ।बैठकमा केही साथीहरू अनुपस्थित हुनुभयो, तर पार्टी विधिसम्मत् तरिकाले निर्णय गरेको कारणले गर्दा फिर्ता हुन सकिँदैन भनेर भन्नुभयो । दोस्रो कुरा, हामीले पारित गरेको विधान केन्द्रीय कमिटीले अनुमोदनसम्म गरिसकेको अवस्थामा अब यो विधान हाम्रो पार्टीको संसदीय दलको विधान हो । आवश्यक पर्‍यो भने समयक्रममा कालान्तरमा त्यसलाई संशोधन गर्न सकिन्छ ।’