१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत १३ शुक्रबार १६:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलित समुदायलाई तीन ‘क’मा अधिकार हुनुपर्ने अगुवाहरूको माग

Read Time : < 1 मिनेट
२०७७ चैत १३ शुक्रबार १६:००:००

दलित समुदायलाई तीन ‘क’मा अधिकार हुनुपर्ने दलित अुगवाहरूले बताएका छन् । सिराहाको मिर्चैयामा सुरु भएको प्रदेश २ स्तरीय दलित अुगवाहरूको दुईदिने भेलामा कलम, कार्तुस र कोषमा दलित समुदायको सशक्त सहभागिता हुनुपर्ने दलित अगुवाहरूले बताएका छन् । 

दलित विकास समितिका सदस्य रहेका दलित अगुवा श्याम सरदारले सत्ताको भर्‍याङ बन्दै आएको दलित समुदायलाई नीति निर्माण तह, बन्दुक र अर्थमा सशक्त सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । 

प्रदेश २ का सांसद श्यामपरी रामले दलित समुदायका नागरिकलाई विभिन्न बहानामा ललाइफकाई सभा, सम्मेलन र आन्दोलनमा सहभागी गराउँदै आएको बताइन् । ‘चनाच्युरा, भत्ताको नाममा दलित समुदायलाई सहभागी गराउँदै आएको छ,’ सांसद रामले भनिन्, ‘त्यसबाट मुक्त हुनुपर्छ । आफ्नो अधिकारबारे सचेत हुनुपर्छ । दलितलाई जुलुसमा देखाएर गैरदलितले फाइदा उठाउँदै आएको छ ।’

पूर्वसंविधानसभा सदस्य सेवकीदेवी दासले दलित समुदायका बालिकालाई शिक्षामा फड्को मार्न आवासीय सुविधासहितको अलग्गै विद्यालय हुनुपर्नेमा जोड दिएकी छिन् । ‘दलित छात्राको निम्ति अलग विद्यालय चाहिन्छ,’ पूर्वसभासद् दासले भनिन,‘अँध्यारोमा रहेको समुदायलाई उठाउन राज्यले त्यसैअनुसारको साधन–स्रोतमा सहभागिताको अवसर दिनुपर्छ ।’

सामाजिक विकासमन्त्री नवलकिशोर साहले दलित समुदायलाई अधिकार स्थापित गर्न संयुक्त लडाइँको आवश्यकता भएको बताएका छन् । प्रदेश २ मा नागरिकतासँगै भूमि व्यवस्थापनका ठूलो समस्या रहेको भन्दै मन्त्री साहले दलित सशक्तीकरण ऐनले शिक्षा, स्वास्थ्यमा दलित समुदायको निम्ति विशेष काम गर्ने बताए ।