मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी लन्डन
२०७७ चैत १३ शुक्रबार ११:३१:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

विश्वकै ठूलो पेन्टिङ बिक्री

Read Time : < 1 मिनेट
एजेन्सी लन्डन
२०७७ चैत १३ शुक्रबार ११:३१:००

जर्नी अफ ह्युम्यानिटी नामको विश्वकै सबैभन्दा ठूलो क्यानभास पेन्टिङ बिक्री भएको छ । बेलायतका चित्रकार साचा जाफरीले ७० फ्रेममा बनाएको यस पेन्टिङ चार सय ५० करोड रुपैयाँमा बिक्री भएको बिबिसीले जनाएको छ ।

जाफरीले यो पेन्टिङ बनाउन हजार ६५ ब्रुस तथा ६३ सय लिटर कलर प्रयोग गरेका थिए । यस पेन्टिङलाई फ्रान्सका व्यापारी आन्द्रे अब्डोनले किनेका हुन् । विश्व रेकर्डमा समावेश भएको जर्नी अफ ह्युम्यानिटी पेन्टिङ १७ हजार एक सय ७६ वर्गफिटमा बनेको छ । यो लगभग ६ वटा टेनिस कोर्ट बराबरी हो ।