१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १३ शुक्रबार ०६:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकको ‘हिरोज् अफ नेपाल’बाट सेफ शाह सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १३ शुक्रबार ०६:१३:००

नबिल बैंकले आयोजना गर्ने ‘हिरोज् अफ नेपाल’को दोस्रो संस्करणमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएका सेफ सन्तोष शाहलाई सम्मानित गरेको छ । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरूलाई सम्मान गर्ने मञ्चका रूपमा हिरोज् अफ नेपालको आयोजना गर्न थालेको हो । 

बैंकले सेफ शाहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनका रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गरेको जनाएको छ । जसको अनुसरण गर्दै बैंकले सेफ शाहको गृहनगरमा इ–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 

सेफ सन्तोष शाहले युकेको मास्टर सेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरूलाई विश्वसामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएको बैंकले जनाएको छ ।

सेफ सन्तोष शाह, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलका क्रममा सेफ सन्तोष शाहले आफ्ना प्रेरणादायक उपलब्धिहरूबारे बोलेका थिए ।

साथै, उनको जीवनयात्राका चुनौती पनि वर्णन गरेको बैंकले जनाएको छ । कार्यक्रमबाट प्रेरणादायक क्षेत्रको भित्री तहसम्म पुग्न सफल भएको बैंक व्यवस्थापनले जनाएको छ । कार्यक्रमममा बैंकको उच्च व्यवस्थापन तहका अधिकारीहरूको समेत उपस्थिति थियो ।