मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १३ शुक्रबार ०६:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेफ्टीले ल्यायो ट्याम्पन्स र महिनावारी कप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १३ शुक्रबार ०६:५३:००

नेपालमा सेफ्टी ब्रान्डको स्यानिटरी प्याड उत्पादन गर्दै आएको ज्यास्मिन हाइजिन प्रोडक्ट्सले महिनावारी कप र ट्याम्पन्स बजारमा ल्याएको छ । कम्पनीले ‘रेगुलर’देखि अत्यन्त पातलो ‘अल्ट्रा’ प्याडहरूसम्मका विभिन्न उत्पादन शृंखलामा महिनावारी कप र ट्याम्पन्स पनि थप गरेको हो ।

यसले महिलालाई उनीहरूको महिनावारीको समयमा धेरै विकल्पहरू र धेरै आराम दिने लक्ष्य लिएको सेफ्टीले जनाएको छ । सेफ्टी ट्याम्पन्समा महिनावारीको दौरान धेरै समयसम्म सोस्ने क्षमता रहेको जनाइएको छ । यसैगरी, सेफ्टी महिनावारी कप पुनः प्रयोग गर्न मिल्ने गरी बनाइएको कम्पनीले जनाएको छ ।

यो मेडिकल दर्जाको सिलिकनबाट बनेको कम्पनीको दाबी छ । महिनावारी कप प्रत्येक ४ देखि ८ घन्टाको बीचमा खाली गरेर धोई फेरि लगाउन सकिने जनाइएको छ । दुवै ट्याम्पन्स र महिनावारी कप यात्रा गर्दा, व्यायाम गर्दा वा पौडी खेल्दाको समयमा पनि प्रयोग गर्न सकिने जनाइएको छ ।