मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १३ शुक्रबार ०७:४९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

यातायात व्यवसायी लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १३ शुक्रबार ०७:४९:००

यातायात व्यवसायी रामबहादुर लामादम्पतीले ठगी र मिटर ब्याजबाट करोडाैँ अवैध सम्पत्ति आर्जन गरेको खुलेको छ । अवैध सम्पत्ति भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामाविरुद्ध सात करोड १२ लाख २१ हजार र उनकी श्रीमती कान्छी लामाविरुद्ध ६९ लाख पाँच हजार रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

लामा तारकेश्वर यातायात प्रालि र नागार्जुन भैरव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । उनीविरुद्ध गत १ वैशाखमा उजुरी परेपछि विभागले अनुसन्धान थालेको थियो । लामाले अवैध सम्पत्ति आर्जन गरेको र श्रीमतीले स्रोत लुकाउने काम गरेको भन्दै विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० को १ (क) बमोजिम बिगोको दोब्बर जरिवाना, चलअचल सम्पत्ति जफत र कैद सजायको मागदाबी गरेको छ । 

महानगरीय प्रहरी परिसर, काठमाडौंले लामालाई गत वैशाखमा ठगी अभियोगमा पक्राउ गरेको थियो । उनी ठगी मुद्दामा अदालतबाट १० लाख रुपैयाँ धरौटीमा रिहा भएलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको थियो । लामाले बस बेच्ने बताउँदै पेस्की लिने र पछि रकम फिर्ता नगरी गाडी पनि कब्जा गर्ने गरेको अभियोग छ । बिक्री गर्ने बताउँदै गाडी चलाउन दिने, आफैँले चर्को ब्याजदरमा ऋण दिने र ऋण चुक्ता भएन भनेर गाडी फिर्ता लिने गर्थे ।