मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १२ बिहीबार १८:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसका सबै तहका पदाधिकारीमा दलितको सहभागिता सुनिश्चित गर्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १२ बिहीबार १८:२३:००

कांग्रेसका तल्ला तहका कार्यसमितिहरूमा पनि केन्द्रीय समितिमा जस्तै पदाधिकारीमा दलित समुदायको सहभागिता सुनिश्चित गर्न माग उठेको छ । कांग्रेसको नयाँ विधानमा आगामी महाधिवेशनबाट केन्द्रीय समितिमा दलिततर्फ सहमहामन्त्री पदमा एकजना निर्वाचित हुने व्यवस्था छ । नेपाल दलित संघले केन्द्रीय समितिमा जस्तै पार्टीका सबै समितिहरूमा पदाधिकारीमा दलितको सुनिश्चितताको व्यवस्था गर्न माग गरेको हो । 

५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा सुनसरीको धरानमा मंगलबार र बुधबार भएको ‘समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियापछि संघले जारी गरेको धरान घोषणापत्रमा लेखिएको छ, ‘कांग्रेसका वडा तहदेखि सबै तहमा केन्द्रीय समितिमा जस्तै पदाधिकारीमा दलित समुदायको सहभागिता सुनिश्चित गर्न जोडदार माग गर्दर्छौँ ।’ 

संघले वडास्तरदेखि नै क्रियाशील सदस्यताका आधारमा आउने प्रतिनिधि, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, महाधिवेशन प्रतिनिधि हुँदै जिल्ला, प्रदेशमा समेत कम्तीमा एक दलित महिलाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने र महिलातर्फको ३३ प्रतिशतमा समेत दलित महिला अनिवार्य गर्नुपर्ने माग गरेको छ । 

समावेशी संविधानको मर्म र भावनाअनुसार पार्टीले आफूलाई सबै तहमा समावेशी र दलितमैत्री बनाउन सोहीबमोजिम समावेशी सहभागिताको व्यवस्था गर्न माग गरिएको अध्यक्ष मीन विश्वकर्माले बताए । घोषणा पत्रमार्फत संघले संविधानमा उल्लेख भएका दलितसबन्धी प्रावधानहरूलाई प्रभावकारी कार्यान्वयन गर्न संसद् सदस्यहरूको भूमिका प्रभावकारी राख्न र दलित समुदायको समानुपातिक सहभगिता सुनिश्चित गर्न आवश्यक कानुन यथाशीघ्र निर्माण गर्न संसद् र सरकारको ध्यानाकर्षणसमेत गराएको छ । 

संघले वर्तमान सरकारको भ्रष्टाचार, अनियमितता, प्रधानमन्त्रीको स्वेच्छाचारी र सर्वसत्तावादी चरित्र र नेपालभर दलित समुदायमाथि भएका बलात्कार तथा सबैखाले जातीय विभेद र छुवाछुतजन्य घटनाहरूप्रति भर्त्सना गरेको छ । ‘यस्ता घटनाहरूका दोषीहरुलाई कडाभन्दा कडा रूपमा कारबाही गरी पीडितलाई न्याय प्रदान गर्न सरकारका निकायहरूको विशेष ध्यानाकर्षण गर्दछौँ,’ संघका अध्यक्ष विश्वकर्माले भनेका छन् । 

प्रदेश १ का १४ वटै जिल्लाका प्रतिनिधि सहभागी कार्यक्रमको सभापति शेरबहादुर देउवाले गत मंगलबार उद्घाटन गरेका थिए भने केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. मीनेन्द्र रिजाल, भीष्मराज आङदम्बे, डा. डिला संग्रौला, सुजाता परियार, मानबहादुर विश्वकर्मा, गोविन्द भट्टराई, सांसद प्रकाश रसाइलीलगायत सहभागी थिए ।