महोत्तरीको पिपरा गाउँपालिका– २ अत्तरा जाने बाटोमा थुपारिएको माटोभित्र एक मानवको खप्पर फेला परेको छ । सोही ठाउँमा हड्डी मात्र भएको हात र थोरै कपाल पनि भेटिएको छ । हड्डी र खप्परको प्रकृति हेर्दा मृत भएको धेरै समय नभएको प्रहरीले आशंका गरेको छ ।
केही समयअघि सोही गाउँका दुई दम्पती बेपत्ता भएका थिए । प्रहरीले त्यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको थियाे । खप्पर भेटिएको घटनास्थलमा अहिले प्रदेशबाट सिआइडीको टोली र एसएसपी मोसाउद अलिखाँडको टोली पुगेर घटनास्थललाई नियन्त्रणमा लिएको छ ।