१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ चैत १२ बिहीबार ०८:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

किनमेलका लागि रुपैडिहा जान रोक

Read Time : < 1 मिनेट
२०७७ चैत १२ बिहीबार ०८:३७:००

भारतमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बाँके प्रशासनले किनमेलका लागि रुपैडिहा जान रोक लगाएको छ । भारतबाट कोरोना संक्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिहा जान रोक लगाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिडिएमसी)को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको उनले बताए । ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भारतीय सीमाबजार रुपैडिहा जान रोक लगाउने र मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने–गराउने निर्णय भएको छ,’ उनले भने । 

भारतबाट आउने नेपालीलाई स्वास्थ्य जाँच गरेर मात्र नेपाल भित्रिन दिने निर्णय पनि सिसिएमसीले गरेको छ । लक्षण देखिएका बिरामीको एन्टिजिन परीक्षण गरी सामान्य अवस्थाका यात्रुलाई १० दिन अनिवार्य होम क्वारिन्टिनमा बस्ने गरी घर पठाउने र सिकिस्त बिरामीलाई भेरी अस्पतालमा पठाउने निर्णय पनि बैठकले गरेको छ । 

अनावश्यक रूपमा भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सभा, सम्मेलन, गोष्ठी र सेमिनार गर्न पनि डिसिसिएमसीले आग्रह गरेको छ । त्यसैगरी, कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठवटै स्थानीय तहलाई क्वारिन्टिन निर्माणलगायतका आवश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ ।

भारतबाट आएका नागरिकलाई जेकजाँच गरी १० दिन क्वारिन्टिनमा राख्नुपर्ने, भेरी अस्पताललगायतका स्वास्थ्य संस्थामा रहेका आइसोलेसनलाई प्रभावकारी बनाउनेलगायतका सातबुँदे निर्णय भएको कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए ।