१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत १२ बिहीबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौै
२o७७ चैत १२ बिहीबार o६:५३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

चिनियाँ अनुदानको खोप सोमबार आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौै
नयाँ पत्रिका
२o७७ चैत १२ बिहीबार o६:५३:oo

चीनले अनुदानमा दिने कोभिडविरुद्धको आठ लाख डोज खोप सोमबार नेपाल आउने भएको छ । सरकारले नेपाल एयरलाइन्सको चार्टर्ड जहाज खोप लिन आइतबार बिहान बेइजिङ पठाउने तय भएको छ । 

गत १७ फागुनमा चीनले अनुदानस्वरूप नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । तर, ढुवानी आफैँ गर्नुपर्ने उसको सर्त थियो । चीनले घोषणा गरेको एक महिना बित्दा पनि सरकारले खोप ल्याउन चासो देखाएको थिएन । 

खोप ल्याउने विषयमा आइतबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र चिनियाँ राजदूत होउ यान्छीबीच छलफल भएको थियो । स्वास्थ्य सेवा विभागका अनुसार चीनबाट खोपसँगै आठ लाख सिरिन्ज पनि ल्याइँदै छ । अनुदानको उक्त खोप बेइजिङमा तयारी अवस्थामा छ । 

खोप अभावका कारण दोस्रो चरणको अभियान प्रभावित भएको छ । त्यस्तै, पहिलो डोज दिइएकालाई दोस्रो डोज लगाउन पनि ढिला भएको छ । खोप खरिद गर्न नसकेपछि सरकारले १० हप्तापछि मात्रै दोस्रो डोज लगाउने निर्णय गरेको छ । नेपालमा गत १४ माघदेखि खोप अभियान सुरु भएको थियो ।