मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ११ बुधबार २०:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिड– १९ पूर्ण नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ, स्वास्थ्य मापदण्ड ख्याल गरौँ : प्रधानमन्त्री ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ११ बुधबार २०:१२:००

प्रधानमन्त्री केपी ओलीले कोभिड– १९ को संक्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् । कोभिड– १९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड– १९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बुधबार ओलीले संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका हुन् । 

यद्यपि, अहिले भयावहको स्थिति नभएको उनको भनाइ छ । ओलीले खोप लगाएर कोभिड– १९ संक्रमण निर्मूल पार्न सजिलो नभएको पनि बताए । उलने भने, ‘तीन दिनदेखि लक्षणहरू फेरि नकारात्मकतातिर जान खोज्या हो कि, यद्यपि स्थिति भयावह छैन, तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ । अहिले स्थिति भयावह छैन । यसको अर्को जेनेरेसनचाहिँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ । हिजोको कोभिड– १९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन त्यो पनि थाहा छैन । एकपटक कडाइका साथ नियन्त्रण गरेर निर्मूल गर्नुपर्नेछ । खोप लगाएर निर्मूल हुन सजिलो छैन । पूर्ण रूपमा नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ । पूर्ण रूपमा नियन्त्रण गर्न सामाजिक दूरी, संक्रमण हुने स्थितिबाट बच्ने, बचाउनेमा लाग्नुपर्छ । संक्रमण हुने स्थिति नहोस् ।’

ओलीले अन्य देशको तुलनामा नेपालमा कोभिड– १९ संक्रमणको असर कम परेको भन्दै फेरि पनि असर कम पर्ने बताए । संक्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने उनले बताए । उनले भने, ‘हामीकहाँ यसको असर कम प¥यो । फेरि पनि कम पर्छ र बाहिर, अन्यत्रजस्तो यसलाई हामी संक्रमित हुन दिँदैनौँ, दिनुहुँदैन । विभिन्न तरिका अवलम्बन गर्नुपर्छ । हामीले नियम, आदेशको पालना गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय, सिसिएमसीले जारी गरेको नियम मान्नुपर्छ । त्यसो गरे मात्रै हामी यसबाट जोगिन सक्छौँ ।’