मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १०:१०:००
Read Time : > 1 मिनेट
सप्तरंग

बलिउड नायिकाका असफल प्रेम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ३ शुक्रबार १०:१०:००

रेखा
७० को दशककी सुन्दर अभिनेत्री रेखाको नाम यस्ता अभागी अभिनेत्रीमा पर्छ, जो अहिलेसम्म चर्चाको विषय बनेको छ । रेखा र अमिताभको प्रेमसम्बन्ध त हिन्दी सिनेमाको सबैभन्दा ठूलो प्रेमकहानी हो । जब अमिताभ र रेखा एक–अर्कासँग नजिक भए, त्योभन्दा अगाडि नै अमिताभले जया भादुडीसँग विवाह गरिसकेका थिए । रेखाले अमिताभको नामको सिन्दूरसम्म हालेको किस्सा पनि बलिउडमा हिट छ ।

 करिश्मा कपुर 
९० को दशककी हिट अभिनेत्री करिश्मा कपुर अजय देवगणसँग गहिरो प्रेममा थिइन् । अजयसँग विवाह गर्न चाहन्थिन् । यो जोडी फिल्म ‘जिगर’, ‘धनवान’, ‘संग्राम’, ‘सुहाग’ ‘शक्तिमान’ फिल्ममा देखिए । त्यही समय अजय र रविना टन्डनको प्रेमप्रसंग बाहिर आयो । अनि करिश्माको प्रेम अधुरै रह्यो । अजय र रविना टन्डन फिल्म दिलवालेबाट नजिक भएका थिए । तर, उनीहरूको प्रेम पनि सफल भएन । 

 सोनाली बेन्द्रे
९० को दशककी सुन्दर अभिनेत्री सोनाली बेन्द्रे अभिनेता सुनील सेट्टीसँग प्रेममा थिइन् । यी दुईको भेट १९९४ मा आएको फिल्म ‘टक्कर’ को सुटिङका क्रममा भएको थियो । पछि यो जोडीले ‘गद्दार’, ‘सपूत’, ‘भाइ’, ‘कहर’, ‘हम से बढकर कौन’ र ‘रक्षक’ जस्ता हिट फिल्म दियो । फिल्मी यात्राका क्रममा सोनाली र सुनील प्रेममा परे । दुवैको विवाहको कुरा पनि चलेको थियो । तर, सुनील पहिले नै विवाहित थिए । यही कारण सुनील पछि हटे । सोनालीको प्रेम अधुरै रह्यो । 

 शिल्पा सेट्टी 
शिल्पा सेट्टीले १९९३ मा ‘बाजीगर’बाट फिल्मी क्षेत्रमा कदम राखेकी थिइन् । फिल्मकै सिलसिलामा उनको भेट अक्षय कुमारसँग भयो । दुवै पहिलोपटक ‘मै खिलाडी तु अनाडी’ मा देखिए । फिल्म हिट भयो । यसपछि यो सुपरहिट जोडी ‘धड्कन’, ‘जानवर’ र ‘इन्साफ द फाइनल जस्टिस’ मा देखिए । लामो समयसम्म सँगै काम गरेपछि दुवै प्रेममा परे । दुवैले इंगेजमेन्टसम्म गरे । तर, अक्षय कुमार पछि हटेका कारण विवाह भने सम्भव भएन ।